कोरोनाको औषधि परीक्षणमा सुखद नतिजा, यी तीन औषधिको मिश्रणले छिटो निको भए बिरामी

    २८ बैशाख २०७७, आईतवार १३:४८  मा प्रकाशित
247 जनाले पढ़िसके









काठमाडौं। कोरोनाभाइरसको उपचारका लागि सम्भावित औषधिको खोजीका क्रममा हङकङमा गरिएको परीक्षणले सुखद नतिजा दिएको छ । हङकङका अस्पतालले तीन औषधिको मिश्रणबाट बिरामीहरु धेरै छिटो ठिक भएको बताएका छन् । यो औषधिबाट निकोभ एका बिरामी र चिकित्सा पद्धतिको यो रिपोर्ट द लेन्सेटमा प्रकाशित गरिएको छ ।

हङकङका ६ सरकारी अस्पतालमा हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसबाट संक्रमित १२७ बिरामीहरुमा औषधिको परीक्षण गरेका थिए । यीमध्ये ८६ जनालाई ३ औषधिको मिश्रण दिइयो भने बाँकी ४१ जनालाई सामान्य औषधिको साथमा एक अन्य औषधिको मिश्रण दिइयो । जुन ८६ बिरामीहरुलाई तीन औषधिको मिश्रण दिइएको थियो उनीहरु ७ दिनमा ठिक भए । उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइयो ।

अर्को औषधि दिइएको अर्को समूह भने त्यो समय उपचाररत थियो र उनहिरुको रिपोर्ट कोरोना पोजेटिभ नै थियो । यद्यपि तीन औषधीको यो मिश्रण ती बिरामीहरुलाई दिइउको थियो जो कोरोनाभाइरसका कारण गम्भीर रुपमा बिरामी थिएनन् । हङकङका ६ अस्पतालमा जुन ८६ बिरामीहरुलाई तीन औषधिको मिश्रण दिइयो उनीहरु यसकारण छिटो ठिक भए किनकि यी तीनवटै एन्टिभाइरल औषधी हुन् ।

यो मिश्रणमा पहिलो औषधि हो लोपिनाभिर–पिरटोनाभिर जसलाई त्यहाँ कालेट्रा बब्राण्ड नामबाट बजारमा बेचिन्छ । अर्को औषधि रिबाभिरिन हो जसलाई मुख्य रुपमा हेपाटाइटिस सीको उपचारमा प्रयोग गरिन्छ । यी दुवै खाने औषधि हुन् तर तेस्रो औषधि भने इन्जेक्सन (सुई) हो ।

तेस्रो औषधि इन्टरफेरोन बिटा–१बी हो । यो औषधि मल्टिपल स्क्लेरोसिसको उपचारमा प्रयोग हुन्छ ताकि शरीरमा दुखाइ, सुन्निने समस्या र भाइरस फैलिन नपाओस् । केही विशेषज्ञहरु इन्टरफेरोन बिटा १बी ले शरीरको प्रतिरोधक क्षमता अर्थात इम्युनिटी बढाउने पनि मान्छन् ताकि शरीरले कुनै पनि भाइरससँग संघर्ष गर्न सकोस् ।

४१ बिरामीको अर्को समूहलाई सामान्य औषधिको साथमा लोपिनाभिर–रिटोनाभिर दिइएको थियो । यद्यपि लोपिनाभिर रिटोनाभिरलाई केही डाक्टरहरुले प्रयोग गर्न बन्द गरेका छन् किनकि यो औषधि गम्भीर बिरामीको उपचारमा प्रभावकारी छैन । ती औषधिको मिश्रण दिइएका बिरामी ७ दिनमा ठिक भए जबकि केवल लोपिनाभिर–रिटोनाभिर दिइएका बिरामीलाई ठिक हुन १२ दिन लाग्यो । यतिमात्र होइन तीन औषधिको मिश्रण दिइएका बिरामीमा कोभिड–१९ का लक्षण ४ दिनमै हरायो जबकि अन्य बिरामीमा यो लक्षण ८ दिनसम्म रह्यो ।

क्यानडाको ओन्टारियोस्थित वेस्टर्न युनिभर्सिटीमा संक्रामक रोग विशेषज्ञ डा. साराह शलहबले यो राम्रो खबर भएको बताए । तीन औषधिको मिश्रणले रिकभरी छिटो हुँदा कुनै खराबी नभएको बताउँदै उनले यसबाट अस्पतालमा कम दिन बस्नु परेपछि ठाउँ खाली हुने र अन्य बिरामीले छिटो उपचारको मौका पाउने बताए । यद्यपि यो औषधि ती बिरामीको लागि भने होइन जो गम्भीर रुपले बिरामी छन् वा आइसीयूमा छन् । उनीहरुको लागि औषधिको परीक्षण बाँकी नै छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस