वैदेशिक रोजगारमा गएकालाई तत्काल फर्काउन सकिँदैन : अर्थमन्त्री खतिवडा

    ३१ बैशाख २०७७, बुधबार २२:२७  मा प्रकाशित
1038 जनाले पढ़िसके









काठमाडौं : वैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ। बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसे काहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताए ।

अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम नगर्ने उनको भनाइ । सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको पनि खतिवडाले बताए। कूटनीतिक नियोगबाट पनि उनीहरुको हेरचाह हुने बताउँदै उनले खानपानमा समस्या भए अर्थमन्त्रालय समेत बजेट दिन तयार रहेको उनले बताए ।

विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काउने विषयमा भने गम्भीर छलफल हुनुपर्ने उनको भनाई छ । अहिलेकै अवस्थामा विदेशबाट कामदार फर्काउने विषय सोचे जस्तो सजिलो नरहेको उनले बताए। अहिले देश रोगबाट पनि अ’तिक्रमित र सीमा नाकामा पनि अतिक्रमित भएकोसमेत उनले बताए। को;रोना संक्रमण रोकथामका लागि प्रयास, राहत वितरण र सँगसँगै आर्थिक गतिविधिहरु सुचारु राख्ने विषयमा पनि अर्थमन्त्री खतिवडाले संसदमा बोलेका छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस