भाग्ने को’रोना संक्र;मितलाई सुरक्षाक’र्मीले गो’ली हान्ने

    २ जेष्ठ २०७७, शुक्रबार २२:४०  मा प्रकाशित
326 जनाले पढ़िसके









अब नेपाल पनि कोरोना यी नियम पालना न सुरक्षाकर्मीले गो;ली समेत हान्न पाउने पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गो;ली समेत हान्न पाउने भएका छन्।बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गो;ली हान्ने अधिकार दिएको हो। सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।

सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गो;ली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए।बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस