नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि

सिन्धपाल्चोक बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिला
    ४ जेष्ठ २०७७, आईतवार १०:५६  मा प्रकाशित
511 जनाले पढ़िसके









काठमाडौं । शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धपाल्चोक बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटाना हो ।

उनकोबैशाख २४ गते त्रिवि शिक्षण अस्पताल काठमाडौंमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ। मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ।

यसैबीच दुई नयाँ संक्रमित पनि थपिएर २८१ जना कोरोना संक्रमित पुगेका छन्। धनुषाका २० र ६५ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस