सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    १७ जेष्ठ २०७७, शनिबार १३:२६  मा प्रकाशित
213 जनाले पढ़िसके









सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा उनीहरुको स्वाब परिक्षण भएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

९ जना मध्ये एकजना महिला हुन् भने बाँकी पुरुष। यससंगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस