स्याङ्जाका कोरोना सङ्क्रमितलाई पहिलोपटक आयुर्वेदिक औ’षधि दिन थालियो

    १७ जेष्ठ २०७७, शनिबार १४:२९  मा प्रकाशित
669 जनाले पढ़िसके









कोरोना भाइरस (कोभिड–१९) को स’ङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आ’युर्वेदिक औ’षधिको प्रयोग गरिएको छ । कोरोना स’ङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रति’रोधात्मक क्षमता बढाउनका लागि आ’युर्वेद तथा वै’कल्पिक चिकि’त्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रो’टोक’लअनुसार तयार पारिएको औ’षधि प्रयोगमा ल्याइएको हो ।

जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आ’युर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर स’ङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औ’षधि खाने व्यवस्था मिलाएका छौँ ।” गुर्जो, अ’सोग’न्धा चूर्ण, महासुदर्शन चू’र्णलगायतका औ’षधिले रोग प्र’तिरोधा’त्मक क्षमता बढाउने भएकाले यी औ’षधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ ।

भिडियो कन्फेरेन्सका माध्यमबाट आइसोलेशनमा रहेका स’ङ्क्रमितलाई योग प्र’णायामका साथै ध्यानका विधिसमेत आफूले सिकाउने गरेको डा कार्कीले बताउनुभयो । भारतबाट आएर वालिङको क्वारेन्टिनमा बसेका चार पुरुष र एक महिलामा कोरोना स’ङ्क्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको कोरोना आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ भने एक महिलालाई पोखरा लगिएको छ । उनीहरुमा स’ङ्क्रमणका अन्य ल’क्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

परिचयः

यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।

यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ। यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।

हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन्। यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन / चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ।

वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस