दुई श्रीमतीका श्रीमानसँगको प्रेमले लकडाउनमैै नर्स तनुजाको प्रेमीकै कोठामा ज्यान

    १७ जेष्ठ २०७७, शनिबार १४:४७  मा प्रकाशित
181 जनाले पढ़िसके









काठमाडौ । लकडाउनको यस महामारीको समयमा नेपालले एकजना नर्स गुमाउनु परेको छ । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा अस्ति बुधवार एकजना युवती मृत फेला परेकी थिइन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की भएको खुल्न आएको छ ।

यतिखेर कोरोना कहरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अड्केकी थिइन् । तर,नियमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् । गत माघमा केही दिनको छुट्टीमा मोरङ्,उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् ।

तर,परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो । अहिले अप्रत्यासित रूपमा उनले जीवनत्याग गरेको खबर आएपछि परिवार र आफन्त शोकमा डुबेका छन् । लकडाउनले मुलुक नै ठप्प भएको र कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले जीवनत्याग गर्नुपर्यो होला रु घटना रहस्यमय र सोचनीय देखिएको छ ।

प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट,तारकेश्वर–६ का खम्बसिङ्ग तामाङलाई यस प्रकरणमा गिरफ्तार गरी अप हरण,शरीर ब’न्धक र जीवनत्याग दुरु’त्सा’हनमा अदालतबाट म्याद थपेको छ । पहिला भने जीवनत्यागको अभिलेख राखिएको थियो । घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत नजिकिएको र १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाई समातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले जानकारी दिनुभयो । यो खबर जनआस्था साम्ताहिकमा छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस