क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु

    १८ जेष्ठ २०७७, आईतवार १२:२१  मा प्रकाशित
300 जनाले पढ़िसके









डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षिया बालकको मृत्यु भएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको हो ।

उनी भारतको मुम्बइबाट आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका थिए । सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने प्रहरीले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस