नेपालमा थप २२६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १७९८ पुग्यो !

    १९ जेष्ठ २०७७, सोमबार १६:४९  मा प्रकाशित
246 जनाले पढ़िसके









काठमाडौं : नेपालमा २२६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

परीक्षणका क्रममा विभिन्न जिल्लामा गरी २२६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नयाँ २२६ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्त्ता डा देवकोटाका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

यो सँग सङ्क्रमितको संख्या १७९८ पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस