स्याङ्जाको चापाकोटमा पहिलो पटक ४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १२ पुग्यो !

    २० जेष्ठ २०७७, मंगलवार ०८:००  मा प्रकाशित
367 जनाले पढ़िसके









स्याङ्जा : स्याङ्जा जिल्लामा चापाकोट नगरपालिका सहित थपः ५ जना कोरोना सङ्क्रमण पुष्ठी भएको छ ।

परीक्षणका क्रममा स्याङ्जाको चापाकोट नगरपालिकामा पहिलो पटक ४ जना र विरुवा गाँउपालिकामा १ जना गरी ५ जना कोरोना सङ्क्रमिता थपिएका हुन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथामका निर्देशक डा विनोद विन्दु शर्माले प्रेस विज्ञप्ति जारी गर्दै परीक्षणको क्रममा स्याङ्जाको चापाकोट नगरपालिका निवासी २२, २६, ३२ र ४० वर्षीय पुरुषहरु र विरुवा गाउँपालिका निवासी २० वर्षीय पुरुष रहेको बताउनु भएको छ । कोरोना लाग्नेको नाम , बतनहरु गोप्य राखिएको छ ।

शर्माका अनुसार सङ्क्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

अहिले सङ्क्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्ला अस्पतालमा लैजाने तयारी भैरहेको जनाएको छ । स्याङ्जामा यसअघि ७ जनामा कोरोना सङ्क्रमित देखिसकेको थियो । हाल स्याङ्जामा वालिङ् नगरपालिकामा ५ जना, गल्याङ् नगरपालिकामा २ जना, चापाकोट नगरपालिकामा ४ जना र विरुवा गाउपालिकामा १ जनामा कोरोना देखिएको छ। स्याङ्जा जिल्ला भरि कोरोना देखिनेको सख्या १२ पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस