नेपालमा कोरोना संक्रमितको संख्या २९०० नाघ्यो

    २३ जेष्ठ २०७७, शुक्रबार २२:१८  मा प्रकाशित
515 जनाले पढ़िसके









काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार थप २७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रवार सुनसरीका ८ जना, झापाका १२ जना, मोरङका ६ जना, रुपन्देहीका १८ जना, अर्घाखाँचीका एक जना, नवलपरासीका २ जना, पाल्पाका एक जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, सुनसरीका १३ जना, कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, डडेल्धुराका ५ जना, रामेछापका १७ जना र काभ्रेका ५ जना, दैलेखका ९७ जना, जुम्लाका ७ जना, सुर्खेतका १ जना, दाङका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा २६७ जना पुरुष र ११ जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ हजार ९१२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ६८ जिल्लामा फैलिएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने हालसम्म २७२ पुरुष र ६१ महिला गरि ३३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस