स्याङ्जाको गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा मृत फेला !

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारी
    २६ जेष्ठ २०७७, सोमबार ०७:२०  मा प्रकाशित
433 जनाले पढ़िसके









स्याङ्जा – गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस