कोरोनाबाट स्याङ्जाको वालिङका १ जनाको पाेखरामा निधन (यस्तो छ ट्राभल हिस्ट्रि)

६० बर्षका पुरुषमा हिजो साँझ मात्रै कोरोना पुष्टी भएको थियो ।
    २६ जेष्ठ २०७७, सोमबार ०७:५८  मा प्रकाशित
1048 जनाले पढ़िसके









स्याङ्जा- कोरोना पोजेटिभ भेटिएका वालिङका एक जनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

वालिङका ६० बर्षका पुरुषमा हिजो साँझ मात्रै कोरोना पुष्टी भएको थियो ।
जेठ २१ गते राती भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाईएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।

भारतको दिल्लीमा बस्दै आएका ति व्यक्ति सुनौली सम्म बिभिन्न सवारी साधानमा आएका र सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङले जनाएको छ ।
उनमा मृगौला, सुगर लगायतका समस्या पहिलेबाट नै भएको बताईएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस