स्याङ्जामा २२ सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, स्याङ्जामा ६० पुग्यो

प्रदेशमा संक्रमितको संख्या १८८
    ३० जेष्ठ २०७७, शुक्रबार ०७:१६  मा प्रकाशित
393 जनाले पढ़िसके









स्याङ्जा— गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान नयाँ संक्रमितको पुष्टि गरेको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ ।

निर्देशनालयका अनुसार संक्रमितमा सबैभन्दा बढी स्याङ्जामा २२ थपिएका हुन । यसैगरी पर्वतका १३ र तनहुँ र पूर्वी नवलपरासीका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितमा ३ वर्षदेखि ६६ वर्ष उमेरसमुहका सबै पुरुष छन् ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार प्रदेशका मनाङ र मुस्ताङमा कुनै पनि संक्रमण देखिएको छैन । सबैभन्दा बढी स्याङ्जामा ६० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङमा ४०, पूर्वी नवलपरासीमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा एकजना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ११ जना निको भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस