स्याङ्जाको चापाकोटमा फेला परे थपः ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८ पुग्यो !

    २ असार २०७७, मंगलवार ०७:२७  मा प्रकाशित
637 जनाले पढ़िसके









स्याङ्जा : स्याङ्जाको चापाकोटमा भारतबाट रोजगारी गरेर फर्किएका मध्य थपः ४ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका स्थित घर भई हाल चापाकोट नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका उमेर क्रमशः १८, ३५, ३९ र १८ वर्षका थपः ४ जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

यस अघि पनी चापाकोटमा पहिलो पटक ४ जनामा कोरोना देखिएको थियो । चापाकोट नगरपालिका भित्र कोरोना भाइरस देखिनेको संख्या ८ पुगेको छ । कोरना देखिने चापाकोटका कसैको पनि स्थान, नाम , बतन केहि पनि खुलाईएको छैन , सबैको गोप्य राखिएको छ। यस्तै  स्याङजा जिल्ला भित्र कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।

संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनु भयो । स्याङ्जामा ७ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको निधन भएको छ ।

स्याङ्जाका कोरोनाका बिरामी लाई कालिका सामुदायिक अस्पताल हेलुमा ५० जनाको र पोखरामा २ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले सिधा मिडियालाई जानाकारी दिनु भयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस