चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए

    ३ असार २०७७, बुधबार ०७:२६  मा प्रकाशित
337 जनाले पढ़िसके









नयाँदिल्ली : दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा ठूलो हताहत भएको बुझिएको छ ।

लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार २० जना भारतीय सैनिक मारिएका छन् । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस