नेपाल भरी राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँड्न नपाइने

    ५ असार २०७७, शुक्रबार १९:४०  मा प्रकाशित
1023 जनाले पढ़िसके









स्याङ्जा- कोरोनाको जोखिम बढेको भन्दै सरकारले हिँडडुल र जमघटमा कडाइ गरेको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रुको आवागमन रोक्न निर्देशन दिएको हो ।

गृहले अत्यावश्यक कामबाहेक मानिसलाई रातिमा हिँडडुल नगर्न भनेको छ । यस्तै मालवाहक गाडीमा यात्रु ओसारपसार भइरहेकाले चालक र सह-चालकबाहेक अरुले यात्रा गर्न नपाउने र यसको कडा निगरानी हुने पनि गृहले जनाएको छ ।

यस्तै विवाह, मृत्यु, चाडपर्व, पूजा पाठलगायतका धार्मिक र सांस्कृतिक कार्यक्रममा धेरै भिडभाड हुन थालेको भन्दै गृहले बढीमा १५ जनाभन्दा धेरै जम्मा नहुन पनि निर्देशन दिएको छ ।

उद्योग, कलकारखाना र विकास निर्माणका कार्यमा एकपटकमा एक ठाउँमा बढीमा १० जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाउने गृह मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला बालबालिका लगायतलाई सकभर घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोनाको जोखिम हेरेर स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका जुनसुकै क्रियाकलापमा बन्देज लगाउन सक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस