चापाकोटका ५ जना सहित, स्याङ्जामा २२ जना कोरोना सक्रमित थपिए !

    ९ असार २०७७, मंगलवार १९:४८  मा प्रकाशित
571 जनाले पढ़िसके









स्याङ्जा । स्याङ्जामा आज मंगलबार दिउँसो २२ जना कोरोना सक्रमित थपिएका छन् । स्याङ्जामा यो खबर तयार गर्दा सम्मको सक्रमितको जम्मा संख्या १२८ पुगेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

आज थपिएका २२ सक्रमितहरुमा चापाकोटका ५ जना, गल्याङ नगरपालिकाका १० जना, वालिङ नगरपालिकाका २ जना, भीरकोटका १ जना,  कालीगण्डकीका ४ जना गरी मंगलबार कुल २२ जना सक्रमित थपिएका हुन् ।

५ नगरपालिका र ६ गाउँपालिका रहेका स्याङ्जामा अहिलेसम्म फेँदिखोला बाहेक सबै पालिकामा सक्रमित भेटिएका छन् । जसमा चापाकोट नगरपालिकामा १८ जना, वालिङ नगरपालिकामा ३२ जना, गल्याङ नगरपालिकामा ३४ जना, भीरकोट नगरपालिकामा २ जना, पुतलीबजार नगरपालिकामा १ जना, अर्जुनचौपारी गाउँपालिकामा २० जना, विरुवा गाउँपालिकामा १ जना, हरिनास गाउँपालिकामा २ जना, आँधीखोला गाउँपालिकामा ४ जना, र कालीगण्डकी गाउँपालिकामा १४ जना गरी स्याङ्जामा अहिले सम्म जम्मा १२८ जनामा कोरोना देखिएको हो ।

जिल्लामा लगभग अहिले सम्म कोरोना टेस्टको लागि १५ सय जनाको स्वाब लिईएको छ । स्वाब लिईएका मध्ये ८६१ जनाको रिर्पोट आएकोमा १२८ जनाको रिर्पोट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ हुनेहरुमा १२ जना महिला र ११६ जना पुरुष रहेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस