पशुपतिमा सुरक्षित दर्शनको लागि तयारी

    ११ असार २०७७, बिहीबार २१:१२  मा प्रकाशित
661 जनाले पढ़िसके









काठमाण्डाै – कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भैरहेको छ ।सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने गरी कार्यविधि बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो ।गएको चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएको छ । तर धार्मिक स्थल, शैक्षिक संस्था, सार्वजनिक गाडी खोलिएको छैन ।सरकारले तोकेअनुसारको दूरी कायम गर्ने, स्वयंसेवक खटाउने, चन्दन निधारमा नलगाइदिने लगायतका व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस