कोरोना हावाबाट पनि फैलन्छ ? वैज्ञानिकहरु यसो भन्छन्

    २२ असार २०७७, सोमबार १४:३७  मा प्रकाशित
337 जनाले पढ़िसके









वैज्ञानिकहरूको पछिल्लो दाबीलाई पत्याउने हो भने कोरोना भाइरस हावाबाट पनि फैलन सक्छ। यदि तपाईं भीडभाडबाट टाढा हुनुहुन्छ, अर्को व्यक्तिको सम्पर्कमा हुनुहुन्न र मास्क नलगाइकन ढुक्कसँग हिँडिरहनु भएको छ भने होस् गर्नुस्, कोरोना भाइरसले पक्रन सक्छ। कोरोनाबारे अनुसन्धानमा जुटिरहेका संसारका सयौं वैज्ञानिकले यस्तो बताएका हुन्।

उनीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई यो कुरा सच्याउन माग पनि गरिरहेका छन्। डब्ल्यूएचओले हावाबाट कोरोनाका किटाणु नफैलने बताउँदै आएको थियो। उनीहरूले यो खतरनाका भाइरस एयरबर्न अर्थात् हावाबाट पनि फैलने दाबी गरेका छन्। ३२ देशका २३९ वैज्ञानिकले आफ्नो अनुसन्धानमा नोभेल कोरोना भाइरसको सानासाना कण हावामा पनि जीवित रहने र त्यसले मानव शरीरलाई सङ्क्रमित गर्न सक्ने पत्ता लगाएका हुन्।

डब्ल्यूएचओले केवल थुकका छिटाबाट भाइरस फैलने बताएको थियो। यस्तो कण खोकी, हाच्छ्युँ र बोल्दा निस्कने बताइएको थियो। थुकका कण निकै छिटो हावामा बिलाउने र उड्ने यसअघिको दाबी थियो।
-एजेन्सी-

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस