बिग बस १४ का लागि पारिश्रमिक बढाए सलमानले, डिमाण्ड गरे करोडौं

    २२ असार २०७७, सोमबार १४:४०  मा प्रकाशित
420 जनाले पढ़िसके









बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । नयाँ फिल्मका कारण चर्चामा आइरहने सलमान हाल बिग बस १४ को पारिश्रमिकका कारण चर्चामा छन् । भारतिय मिडियाका अनुसार सलमानले बिग बस को लागी आफ्नो पारिश्रमिक बढाएका छन् ।

उनले बिग बस १४ को हरेक एपिसोडका लागि १६ करोड भारु पारिश्रमिक लिने बताइएको छ । उनले यसअघि करिब १२ देखि १४ करोड भारु लिएका थिए, तर अब भने यस सिजनमा उनले पारिश्रमिक बढाएका छन् ।

यो पटक उनले पारिश्रमिक बढाएर १६ करोड पुर्याएका हुन् । युस सिजनका लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिसकिएको बताइएको छ । बिग बस–१४ अक्टोबरदेखि अन एयर हुने सम्भावना रहेको भारतिय मिडियामा जनाइएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस