कोरोना संक्रमणबाट विश्वभर एकैदिन साढे ५ हजारको मृत्यु

    २४ असार २०७७, बुधबार ०९:३०  मा प्रकाशित
454 जनाले पढ़िसके









कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेको विश्व यो रोग नियन्त्रणमा आउने भन्दा पनि अझै फैलने क्रममा नै रहेको छ । पछिल्लो २४ घण्टामा यो भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ५१२ को मृत्यु भएको छ ।

बुधबार बिहान ८ बजेसम्म विश्वभर ५ लाख ४६ हजार ६०१ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । यस्तै १ करोड १९ लाख ४९ हजार २८० जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । यस्तै ६८ लाख ४९ हजार ५४५ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९४ हजार ५४८ जनाको मृत्यु भएको छ । २५ लाख ४ हजार ६७५ जना संक्रमित भएकोमा १४ लाख ५१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७८ हजार ६२४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख २७ हजार २५४ पुगेको छ । त्यसमध्ये १६ लाख ४७ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ६४ हजार ४४२ जनाको मृत्यु भएको छ । २६ लाख ८० हजार २६८ जना संक्रमित भएकोमा १८ लाख २१ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९६ हजार ७७५ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ६१३ जना संक्रमित भएकोमा १६ लाख ७१ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा १२ हजार १५ जनाको ज्यान गएको छ भने ५ लाख ११ हजार ११७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ४७ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५३१ जना संक्रमित भएकोमा ९ हजार ८४ जना संक्रमणमुक्त भएका छन् । -एजेन्सी-

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस