आज राती यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना

    २९ असार २०७७, सोमबार २०:३२  मा प्रकाशित
769 जनाले पढ़िसके









असार । सोमबार साँझसम्म पनि देशका विभिन्न स्थानमा पानी परीरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राती देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, वागमती प्रदेश तथा गण्डकी प्रदेशका एक र्दुइ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

पूर्वनुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा पानी पर्ने र नदीका क्षेत्रहरु र ढल र पानीको निकास राम्रो नभएका ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएको जानकारी दिएको छ । त्यस्तै, सबैलाई सतर्क रहन पनि अपील गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस