काठमाडौं उपत्यकामा १०२ जनालाई कोरोना संक्रमण, १६ जना अहिले सम्म सम्पर्क विहीन!!

    २२ श्रावण २०७७, बिहीबार १६:१९  मा प्रकाशित
378 जनाले पढ़िसके









काठमाडौं – काठमाडौं उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।

कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमा नै राख्नु परेको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १०२ जनामध्ये १६ जना सम्पर्क विहिन रहेको पनि जनाइएको छ । ‘उनीहरुमध्ये केहीको फोन उठेन, केहीको उल्लेखित नम्बर नै मिलेको छैन भने कति जनाको मोबाइल नै अफ छ,’उनले भने। त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ।५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको कोइरालाले जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिइएको छ । उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ।

संक्रमितमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्लाहरु र भारतबाट आएका मानिस छन्। त्यसबाहेक उपत्यका विभिन्न अस्पतालमा उपचारका लाग आएका, अस्पतालका स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ। कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ।

उपत्यकामा संक्रमित अस्पताल पुर्‍याउनका लागि एम्बुलेन्सको संख्या समेत निकै कम छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका लागि जम्मा ३ वटा मात्र एम्बुलेन्स व्यवस्था भएकाले समयमा सबैलाई सम्पर्क गरी अस्पताल लैजान नसकिने स्वास्थ्यकर्मीले गुनासो गरे।

स्वास्थ्यकर्मीले केही समय उपत्यकामा लकडाउन गर्नुपर्ने र नाकाबाट उपत्यका प्रवेश निधेष गर्नुपर्ने धारणा समेत राखेका छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस