चापाकोटका मेयर गिरी सहित सरकारी सबारीमा आएका युवाहरुले वालिङमा मान्छे कुटेको आरोप

सबारी साधनको दुरुपयोग गर्दै मान्छे कुट्दै हिँड्ने प्रवृतीले स्थानीय सरकारसँग जनताले अशुरक्षित महशुष गरेका छन् ।
    २६ श्रावण २०७७, सोमबार ०९:४२  मा प्रकाशित
580 जनाले पढ़िसके









स्याङजा ।  चापाकोट नगरपालिकाको मेयर सहित आएका नगर प्रमुख सँग प्रायः जस्तो देखिने युवाहरुले वालिङमा एक युवालाइ कुटेर फरार भएको आरोप लागेको छ ।

मेरो दृष्टि डटकम अनलाईनले यस्बारे  खबर छापिएको छ । मेरो दृष्टि डटकम अनलाईनका अनुसार मान्छे कुटेर भागे मेयर सहितको टोली भन्ने मुख्य हेडलाइन सहितको खबर छापिएको हो । यो खबर बारे सत्यतथ्य के हो यो बारे चापाकोट नगरपालिकाको नगर प्रमुख मेयर शिव कुमार गिरीको तर्फ बाट पनि सफाइ सहितको नोटिस आउने छ भन्ने आशा गरौ ।

के प्रकाशन गरेको थियो त मेरो दृष्टि डटकम अनलाईन ले हेर्नुहोस् जस्ताको त्यस्तै उक्त अनलाइनको खबर ।

चापाकोट नगरपालिकाको मेयर सहित आएका युवाहरुले वालिङमा एक युवालाइ कुटेर फरार भएका छन् । नगरपालीको ग १ झ ३३३ नं को सरकारी नं प्लेटमा आएर वालिङ ९ का जितेन गुरुङलाइ कुटेर घाइते बनाइ फरार भएका हुन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नपा ८ घुम्ती मा एक्कासी गुरुङलाइ कुटेपछी उनको आँखा र टाउकोमा चोट लागेको छ । गह्रौ प्राथमिक अस्पतालको सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाइएको छ ।

चापाकोट नगरपालिकाको मेयर शिव कुमार गिरी सहित सरकारी सबारीमा सवार राजकुमार मल्ल , लाल ब. थापा , प्रदिप गिरी र सुनिल एसकेलाइ किटानी जाहेरी दिने तयारी भैरहेको घाइते गुरुङले बताए ।

सबारी साधनको दुरुपयोग गर्दै मान्छे कुट्दै हिँड्ने प्रवृतीले स्थानीय सरकारसँग जनताले अशुरक्षित महशुष गरेको गुरुङको भनाइ छ । ‘अर्को पालिकामा प्रवेश गरेर मेयरकै अगाडी मेयर सँगै आएका युवाहरुले कुटपीट गर्दा चापाकोटबासी कत्तिको सुरक्षित होलान् । ’

यस अघी रारा भ्रमणबाट फर्किदाँ कालिकोटमा पनी मेयर सहितको समुह र काठमाण्डौँको युवा बिच झडप हुँदा नगरप्रमुख गिरीको टाउकोमा चोट लागेको थियो ।

यसैगरी लकडाउनको समयमा रहात बाँडन गएका नगरप्रमुख सहितको युवा समुहले वडा नं ६का एक युवालाइ कुटेर घाइते बनाएका थिए ।

नोटः / स्रोतः यो खबर र फोटो मेरो दृष्टि डटकम अनलाईनमा प्रकाशित खबर हो । यसबारे जानकारि लिन चाहानुहुनेले मुख्य स्रोतको यो तलको लिङ्कामा गएर बुझनु होला । हेर्न यो लिङ्क थिच्नुहोस् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस