गोंगबु हत्या प्रकरणः मेरो चरित्र हत्या गरेकोले मारेकी हुँ

    २७ श्रावण २०७७, मंगलवार १३:३८  मा प्रकाशित
439 जनाले पढ़िसके









गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

बोहरासँग ३/४ वर्षअघिदेखि फेसबुकमा चिनजान भएको र फेसबुकमै कुराकानी हुने गरेको कल्पनालाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

हिजो चितवनबाट पक्राउ गरी ल्याइएकी कल्पनालाई केही बेरअघि सार्वजनिक गर्दै प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। प्रारम्भिक बयानमा कल्पनाले आफूले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खान दिइ हत्या गरेको स्वीकार गरेको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनले बयानको क्रममा बेलुका खाना खान बोलाएर कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी छन्, पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।

बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।

बोहराको शवको पहिचान हिजो दिउँसो भएको थियो। प्रहरीले शवको पहिचानसँगै हत्यामा संलग्न भएको आशंकामा चितवनबाट पक्राउ कल्पना र उनकी छोरीलाई हिजो साँझ पक्राउ गरेको थियो।

१० कक्षामा अध्ययनरत् छोरीले शव व्यवस्थामा सहयोग गरेको कल्पनाले बताएकी छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस