बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

    २८ श्रावण २०७७, बुधबार ११:४२  मा प्रकाशित
387 जनाले पढ़िसके









बुटवल । कोरोना लक्षण देखिएर अस्पताल भर्ना भएका कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको मंगलबार राति मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये कपिलवस्तुका ४२ वर्षीय कृष्णकुमार गुप्ता कोरोना पोजिटिभ हुन् । उनी कोरोना भाइरसको लक्षण देखिएर २५ साउनमा भर्ना भएका थिए । उनको २५ गते नै पीसीआर रिपोर्ट पाेजिटिभ आएको थियो । सोही दिनबाट उनलाई भेन्टिलेरमा राखेर उपचार भइरहेकोमा मंगलबार स्वास्थ्यमा थप समस्या आएर मृत्यु भएकाे कोराना विशेष अस्पतालले जनाएकाे छ ।

२५ वर्षीय प्रदीप तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।तेलीको स्वाबको पीसीआर परीक्षण नभएको अस्पतालले जनाएकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस