आजबाट देशभर ‘सवारी पास’ बन्द

    २९ श्रावण २०७७, बिहीबार ११:११  मा प्रकाशित
316 जनाले पढ़िसके









आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ।

कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएकाे ‘सवारी पास’ आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएकाे हाे।

अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ।

यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन। काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेको छ।

हेर्नुहोस्, मन्त्रालयले गरेको परिपत्र :

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस