एसईईको नतिजा मंगलबारभित्र आउने सम्भावना

    १ भाद्र २०७७, सोमबार १४:५०  मा प्रकाशित
253 जनाले पढ़िसके









राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौं–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नु अघि सहमतिको लागि सिसिएमसी मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय ९एसईई० ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताए । उच्चस्रोतका अनुसार मंगलबारभित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।

सरकारले यस वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो । नेपाल समाचारपत्र

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस