दक्षिण कोरियामा फेरि चर्चबाटै फैलियो कोरोना संक्रमण

    १ भाद्र २०७७, सोमबार १५:०५  मा प्रकाशित
258 जनाले पढ़िसके









काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन् । सोमबार दिइएको जानकारी अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएका अधिकांश संक्रमितको सम्बन्ध साराङ जेइल चर्चसँग जोडिएको छ । यो चर्चका पास्चर राष्ट्रपति मुन जाइ इनका आलोचकको रुपमा देखिँदै आएका छन् ।

यसअघि दक्षिण कोरियामा सिन्चेओन्जी चर्च अफ जेससबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो चर्चबाट पाँच हजार दुई सयभन्दा धरैमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

दक्षिण कोरियामा गत मार्चपछि पहिलोपटक एकैदिन दुईसयभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । यससँगै दक्षिण कोरियामा कोरोना भाइरका समग्र संक्रमितको संख्या १५ हजार ३१८ पुगेको छ ।

दक्षिण कोरियाको राजधानी सहर सोलको नगरस्तरीय सरकारले दिएको जानकारीअनुसार साराङ जेइल चर्चबाट कोरोना भाइरस सरेका १९३ नयाँ संक्रमित फेला परेका हुन् ।

राष्ट्रपति मुनले कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले चर्चका सबै चार हजार ६ सय मानिसको कोरोना परीक्षण गर्न गइरहेका छन् ।

राष्ट्रपति मुनले सिन्चेओन्जी चर्चमा कोरोना भाइरसको संक्रमण देखिएपछिको यो सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । यस महिनाको सुरुमा सिन्चेओन्जी चर्चका नेता ली मान ही पक्राउ परेका थिए । उनीमाथि समूहका मानिसहरु र भेला भएका मानिसहरुको सूचना लुकाएको आरोप थियो ।

स्रोत : बीबीसी

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस