प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    ३ भाद्र २०७७, बुधबार २०:२६  मा प्रकाशित
309 जनाले पढ़िसके









सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरिएको यसअगाडीको नियुक्ती कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै श्रेष्ठलाई हटाएको थियो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

यसअगाडी देउवा सरकारको पालामा पनि सरकारले आफ्नो निकटको व्यक्तिलाई प्रेस काउन्सिलको अध्यक्ष बनाउन खोज्दा सर्वोच्चले रोकिदिएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस