स्याङ्जामा समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै भदौ ११ सम्म निषेधाज्ञा

    ३ भाद्र २०७७, बुधबार २१:२३  मा प्रकाशित
1031 जनाले पढ़िसके









स्याङ्जा। कोरोनाको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

निषेधाज्ञा बुधबारदेखि भदौ ११ गतेसम्म कायम रहनेछ ।

यस अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने बताइएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस