नेपालमा कोरोना महामारीकाे सुरुवात : विश्व स्वास्थ्य संगठन

    ९ भाद्र २०७७, मंगलवार १९:५९  मा प्रकाशित
303 जनाले पढ़िसके









काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले नेपालमा कोरोना महामारी सुरुवाती चरणमा रहेकाे जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमसँगको साक्षत्कारमा नेपालस्थित डब्ल्यूएचओ प्रमुख डा.जोस भेन्डिलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएको बताउनुभएको हो ।

भेन्डिलियरले नेपालको अवस्था अझै बिग्रने परिस्थितिको सृजना हुन बाँकी नै रहेको बताउँदै संक्रमणको केस अझ धेरै बढ्दै जाने बताउनुभयो । संक्रमणको सुरुवातीमा नेपालमा विदेशबाट आएका अर्थात् आप्रवासीहरुलाई मात्रै संक्रमण हुन्थ्यो तर अहिले वृद्ध वृद्धालाई समेत संक्रमण हुन थालेको छ, नेपालका विभिन्न स्थानमा संक्रमण बढिरहेको भेन्डिलियरले भन्नुभयो ।

उहाँले संघियतामा समन्वय र सहकार्य महत्वपूर्ण रहेको भन्दै महामारीका बेला केन्द्रिय सरकारले मात्रै समाधान गर्न नसक्ने र यसका लागि स्थानिय सरकारकाहरुको साथ,सहयोग र सहकार्य अति जरुरी रहेको बताउनुभयो । यसैगरी वर्तमान अवस्थामा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालको पर्याप्तता छ कि छैन भन्ने प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । साथै कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

कोरोनाबाट जोगिन व्वहार परिर्वतन आवश्यक रहेको भन्दै उहाँले अनिवार्य सही तरिकाले मास्कको प्रयोग, सामाजिक दुरीको कायम, बेला बेलामा साबुन पानीले हात धुन लगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराउनुभयो । व्यवहार परिवर्तन गर्नु असहज भएपनि यो आवश्यक रहेको दोर्याउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १०१ जना निको भएका छन् भने १६४ जनाको मृत्यु भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस