प्लाज्मा थेरापीबाट २० जनाभन्दा बढी कोरोना संक्रमित निको भए

'अस्पतालमा रगत अभाव छ, सुरक्षति भएर रक्तदान गर्नू'
    १२ भाद्र २०७७, शुक्रबार २०:२७  मा प्रकाशित
689 जनाले पढ़िसके









काठमाडौं : नेपालमा कोरोना संक्रमितलाई प्लाज्मा थेरापी बाट उपचार विधिबाट २० जना भन्दा बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो।

ग्राण्डी अस्पताल ३७, त्रिवि शिक्षण अस्पतालमा २, बुटवल अस्पतालमा २ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जनाले २० देखि ५९ वर्षका ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्।

प्लाज्मा थेरापी संक्रमित बिरामीहरुको लागि जीवन दान हुने स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताएका छन्। बन्दाबन्दीको अवस्थामा रक्तदान गर्ने मानिसको संख्यामा कमी आएको उनले बताए।

‘अस्पतालमा रगतको अभाव भएको छ, अस्पताल प्रशासन चिन्तित बनेका छन’, ‘गौतमले भने, ‘संक्रमित व्यक्तिहरुका लागि प्लाज्मा दान तथा अन्य जटिल प्रकृतिका बिरामीहरुको उपचारको लागि नियमित रगत दान गर्न चाहनेलाई सुरक्षितरुपमा रगत दिन आग्रह गर्छु।’

रगत दानका लागि सम्बन्धित अस्पताल र रेडक्रससँग समन्वय गरी सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन्। भ्याक्सिन नबनेको अवस्थामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी एक विकल्प भएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस