कोरोना अपडेट : १,१५४ संक्रमित थपिए १६ जनाको निधन

    ५ आश्विन २०७७, सोमबार १८:१५  मा प्रकाशित
946 जनाले पढ़िसके









सोमबार नेपालमा १ हजार १ सय ५४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६ सय ७४ सहित देशभर १ हजार १ सय ५४ जनाको नमूना पोजेटिभ पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । तीमध्ये ४ सय २७ जनाको निधन भएको छ भने ४७ हजार २ सय ३८ जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा १६ जनाको निधन भएको हो भने १ हजार ५ जना कोरोनामुक्त भएका छन् । आज ज्यान गुमाउनेमा झापाका ७२ वर्षिय पुरुष, सुनसरीका ४९ वर्षिय पुरुष, पर्साका ८८ वर्षिय पुरुष, भक्तपुरमा ६२ र ८४ वर्षिय पुरुष, काठमाडौंमा ५८ र ७३ वर्षिय पुरुष, मकवानपुरमा १७ वर्षिया युवती, ललितपुरमा ५८ वर्षिया महिला र ६१ वर्षको पुरुष, चितवनमा ५५ वर्षको पुरुष, दोलखामा ५२ वर्षिया महिला, रुपन्देहीमा ६७ वर्षिया पुरुष र बाँकैमा ५० र ५९ वर्षिया पुरुष रहेका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ भने ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।

सक्रिय संक्रमितमध्ये १ सय ९६ जनाको आईसीयूमा उपचार भैरहेको छ भने ३१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा २८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस