२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने

    ७ आश्विन २०७७, बुधबार १७:११  मा प्रकाशित
1018 जनाले पढ़िसके









स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्।

उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने जनाए। बुधबारसम्म सक्रिय संक्रमितकाे संख्या १४ हजार ४१४ छ।

यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस