एका बिहानै चापाकोटमा थपः १ जना र वालिङमा ४ सहित ५ जनामा कोरोना पुष्टि

    २ कार्तिक २०७७, आईतवार ०८:३२  मा प्रकाशित
1185 जनाले पढ़िसके









स्याङ्जा। स्याङ्जामा  एका बिहानै चापाकोट र वालिङमा गरी थपः ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा थपः १ जना पुरुष र वालिङ नगरपालिकामा ४ जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ५:३० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा चापाकोट नगरपालिका वडा नं ३ का २४ वर्षीय पुरुष र वालिङ नगरपालिका वडा नं ६ का २१, २६ र २६ पुरुषहरु र वडा नं १४ की २६ वर्षीय महिला गरी स्याङ्जामा थपः ५ जना कोरोना सङ्क्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

सङ्क्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएको  अद्यावधिक विवरणमा उल्लेख छ ।

उहाँले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभयो ।

यस्तै हिजो बेलुकी चापाकोटमा थपः ९ जना र गल्याङमा १३ सहित २२ जनामा कोरोना पुष्टि भएको थियो । लगतै त्यो भन्दा अघि  १४ जनामा चापाकोट नगरपालिकामा समुदाय स्तरमा कोरोना देखा परेको हो । हाल चापाकोट नगरपालिकामा सक्रिय कोरोनाका बिरामी समुदाय भित्र बढ्ने क्रममा छ।

पछिल्लो अद्यावधिक विवरणअनुसार यो खबर तयार पार्दा सम्ममा प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५६६० पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस