जनज्योति मा.वि. को नँया १२ कोठे भवनको शिलान्यास ९१ बर्षिय जेष्ठ नागरिकबाट सम्पन्न

    ७ कार्तिक २०७७, शुक्रबार १२:५०  मा प्रकाशित
836 जनाले पढ़िसके









स्याङ्जाः  स्याङ्जाको चापाकोट वडा नम्बर १० बोटेटारमा रहेको जनज्योति मा.वि. को नँया १२ कोठे भवनको शिलान्यास गरिएको छ । केहि दिन अघि भवन निर्माणको लागि जग खन्ने कार्य सुरु गरीएकोमा सामाजिक दुरीका साथ आज सामान्य एक कार्यक्रमको बिचमा  उक्त १२ कोठे भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

जनज्योति मा.वि. को नँया १२ कोठे भवनको शिलान्यास विद्यालयका अभिभावक तथा जेष्ठ नागरिक ९१ वर्षका श्री दल बहादुर थापाको हातबाट सम्पन्न भएको छ। उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण साउदी फण्डबाट अनुदानमा निर्माण कार्य सुरु गरीएको जनज्योति मा.वि. का प्रधानाध्यापक गुरुप्रसाद पंगेनीले “सिधा मिडिया” लाई बताउनु भयो ।

प्रधानाध्यापक पंगेनीका अनुसार उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण साउदी फण्डबाट अनुदान रकम रु २ करोड ७३ लाख २६ हजार ९ सय ७१ मा गौरा कन्स्ट्रक्सन प्रा. लि. ले निर्माण कार्य सुरु गरेको हो ।

भवनको शिलान्यास कार्यक्रममा बिभिन्न समाज सेवीहरुको उपस्थिती रहेको थियो ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस