नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

    ९ कार्तिक २०७७, आईतवार १४:०१  मा प्रकाशित
314 जनाले पढ़िसके









काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र पत्नी लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा होम आइसोलेसनमा छन् ।

शर्माका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बसेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस