जु’वा खेल्दाखेल्दै वडा अध्यक्ष सहित १२ जना प’क्राउ

    ११ कार्तिक २०७७, मंगलवार १५:०९  मा प्रकाशित
571 जनाले पढ़िसके









गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट प’क्राउ गरिएको हो।

वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्। रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती प’क्राउ गरिएको हो। उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प’क्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए। यद्धपी उनले जुवाडेहरुको विस्तृत विवरण भने बताउन चाहेनन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस