स्याङ्जाको चापाकोटमा समुदाय भित्र थपः ८ जनामा कोरोना संक्रमण

    १२ कार्तिक २०७७, बुधबार ११:०५  मा प्रकाशित
835 जनाले पढ़िसके









चापाकोटः  स्याङ्जाको चापाकोटमा थपः ७ जना पुरुष र १ जना महिला गरी नँया ८ जनामा कोरोना फेला परेको छ । चापाकोटमा देखिएका सबै संक्रमित समुदाय स्तरमा contact tracing बाट पहिचान भएका हुन् |

स्याङ्जामा पछिलो बिहान १०:०० बजेको प्रेस बिज्ञप्ति अनुसार चापाकोटमा ८ जना र गल्याङमा ४ जना गरी १२ जनामा कोरोना फेला परेको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६८१३ पुगेको छ |

चापाकोटमा कोरोना देखिएको थपः ७ जना पुरुषको उमेर क्रमशः २३, ३२, ३८, २६, ७४, २५, ५३ रहेको छ । त्यस्तै १ जना महिलाको उमेर ४० रहेको क्षयरोग उपचार केन्द्रमा गरीएको अध्यावधिक विवरणमा उल्लेख छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ| सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा अनुरोध छ |

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस