देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेस प्रवक्ताको माग

    १३ कार्तिक २०७७, बिहीबार १६:५५  मा प्रकाशित
326 जनाले पढ़िसके









काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

अनलाइनखबरमा बुधबार ‘दसैंका दिन देहरादुनमा कुटिए ५१ नेपाली विद्यार्थी !’ शीर्षकको समाचार प्रकाशित भएलगत्तै प्रवक्ता शर्माले यस्तो माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस