भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !

    १३ कार्तिक २०७७, बिहीबार १६:५९  मा प्रकाशित
664 जनाले पढ़िसके









चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लेको छ ।

यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त स्वीकार्नैपर्छ ।

गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने साढे आठ हजार कमेन्टहरु आएका छन् । अधिकांस कमेन्ट भिटेनलाई फुर्क्याउने खालकै छन् ।

भिटेन तिनै र्‍यापर हुन् जसलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

तर, अहिलेको गीतमा पनि उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अश्लील शब्दको समेत प्रयोग गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस