नेकपाभित्र गम्भिर संकट: नेकपा महासचिव विष्णु पौडेल

    १६ कार्तिक २०७७, आईतवार १७:३२  मा प्रकाशित
510 जनाले पढ़िसके









स्याङ्जा, कार्तिक १६ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् ।

पौडेलले लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’

पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले यस्तो लेखेका हुन् । पौडेल अर्थमन्त्री समेत हुन् । पछिल्लो समय दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद, पर्सामा भएको हत्या प्रकरण र भारतीय गुप्तचर प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटवार्ताबारे मतभेद उत्पन्न भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस