जापानमा मेशिनमा च्यापिएर एक नेपाली युवाकाे मृ’त्यु

    १८ कार्तिक २०७७, मंगलवार ०९:४५  मा प्रकाशित
572 जनाले पढ़िसके









जापानमा यामानासी केनको फुएफुकी शहरमा प्रेस मेशिनमा टाउको च्यापिएर एक नेपाली युवाको मृ’त्यु भएको छ। फुएफुकी शहरस्थित एक फलाम कम्पनीमा कार्यरत २७ वर्षीय सन्तोष दाहालको निधन भएको हो।

समाचार अनुसार नोभेम्बर २ तारिख बिहान ११ बजेको समयमा सो घटना भएको हो। स्वाइ सेईकी मुख्यालयको योनेकुरा कारखानामा रहेको धातु प्रशोधन कम्पनीमा एक कामदार च्या’पिएको देखेपछि सँगै काम गर्दै आएका अर्का कर्मचारीले अग्नि नियन्त्रण कार्यालयमा फोन गरेका थिए।

प्रहरी र उद्दारकर्मीहरुले दाहालको उद्दार गरि फुएफुकी शहरमा रहेको अस्पताल पु-याएपनि उनलाई तत्काल मृ’त घोषणा गरिएको थियो।

प्रहरीका अनुसार घटना भएको समयमा निधन भएका दाहाल एक्लै काम गरिरहेका थिए। दुई मिटर अग्लो प्रेस मेशिनमा मेटल थिच्ने काम गरिरहँदा मेसिन अचानक ढल्न पुगेको जस्तो देखिएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान थालिएको प्रहरी भनाइ छ।

दुखद घटनामा निधन भएका दाहाल श्रीमत र छोरीको साथमा सपरिवार जापानमा बस्दै आएका थिए। निधन भएका सन्तोष दाहालको नेपाल घर कास्की जिल्ला, साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत कयरबारी भएको खुलेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस