जापानमा सात तले भवनबाट खसेर नेपाली युवाको मृत्यु

    १८ कार्तिक २०७७, मंगलवार १९:१३  मा प्रकाशित
1229 जनाले पढ़िसके









टोकियो । जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । जापानको नागोया शहरमा पाेखराका एक नेपाली युवाको मृत्यु भएको हो ।

नागोया फुसिमी स्टेशन नजिक बस्दै आएका उनको आफू बस्ने घरकाे सातौं तलाबाट खसेर मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार मृतक ती युवा ६ वर्षअघि विद्यार्थी भिषामा जापान आएका थिए । गएको जुलाइ महिनामा आईचिस्थित एक कारको मोटरपार्टस् कम्पनीमा कामदार भिषा परिवर्तन गरेका उनी सेप्टेम्वर यता भने रोजगारविहीन रहेको बुझिएको छ।

उनको आफू बस्दै आएको घरकाे सातौं तलाबाट खसेर मृत्यु भएको पुष्टि भए पनि असावधानिवस खसेर हाे वा अन्य कुनै कारणले हो भन्ने बारे खुलेको छैन् । उनले आत्महत्या गरेको पनि हुनसक्ने अनुमान गरिएको छ । घटनाबारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक ती युवा अविवाहित रहेको उनी निकटका आफन्तले बताएका छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस