कांग्रेसबाट स्याङ्जाका मोहन पाण्डे संघीय सांसद बन्नेः को हुन् पाण्डे ?

    २० कार्तिक २०७७, बिहीबार १८:२०  मा प्रकाशित
1425 जनाले पढ़िसके









स्याङ्जा । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् ।

गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।

पाण्डे को हुन् ?

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।

केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार संघीय संसद सचिवालयबाट स्थान रिक्त रहेको औपचारिक जानकारी आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस