गण्डकी प्रदेशमा शुरु भयो ‘चालकसँग १ मिनेट’ कार्यक्रम

    २३ कार्तिक २०७७, आईतवार १२:०२  मा प्रकाशित
413 जनाले पढ़िसके









काठमाडौं । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ ।

लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको हो ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकसाथ सुरु गरेको यो कार्यक्रम पहिलो चरणमा एक महिनासम्म दिनहुँ सन्चालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिए ।

आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको सो कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल समेतको सहभागिता छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस