कस्तो अवस्थामा बालबालिकाको पिसिआर गर्ने ?

    २३ कार्तिक २०७७, आईतवार १२:१६  मा प्रकाशित
1136 जनाले पढ़िसके









संसारभरिको तथ्यांक हेर्‍यो भने बालबालिकामा कोरोना संक्रमण थोरै देखिएको छ।

अहिले स्कुलहरू बन्द छन्। बालबालिका भीडभाडमा कम गएका छन्।

श्वासप्रश्वासमा उनीहरू तुलनात्मक रूपमा स्वस्थ छन्। यस्ता विभिन्न कारणले उनीहरूमा संक्रमणको खतरा न्यून छ।

यसो भन्दैमा बालबालिकालाई कोरोना लाग्दै नलाग्ने भन्ने होइन।

बालबालिकालाई कोरोना लाग्यो भने के गर्ने, परिवारमा संक्रमण हुँदा कसरी हेरचाह गर्ने,कस्तो अवस्थामा पिसिआर गर्ने, बालबालिकाको मानसिक अवस्थाबारे कसरी ध्यान दिने लगायतका विषयमा हामीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ एवम् उपप्राध्यापक डा मेरिना श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।

यस कुराकानीका मुख्य बुँदा यसप्रकार छन्:

– बालबालिकालाई पनि कोरोनाका लक्षण ठूला मानिसलाई जस्तै देखिन्छ।

– बुवाआमालाई कोरोना संक्रमण छ भने बच्चालाई पनि पोजेटिभ छ भनेर ठान्नुपर्छ।

-बच्चामा कुनै लक्षण छैन भने पिसिआर गर्न जरूरी छैन।
-बच्चामा कुनै लक्षण छैन,पाँच दिनमा पनि लक्षण नभएर पिसिआर नेगेटिभ आयो भने अरु कसैको घरमा हेरचाहको लागि राख्न सकिन्छ।

-पिसिआर गरेको छैन लक्षण पनि छैन भने आमाबाबुसँगै १४ दिन बच्चालाई राख्न सकिन्छ। यो बीचमा कुनै लक्षण देखियो भने पिसिआर गरेको राम्रो हो। गर्नैपर्छ भन्ने छैन।

-चिकित्सकको सल्लाहमा मात्रै पिसिआर गरेको राम्रो हो।

-बच्चाले कोरोना नसार्ने भन्ने होइन। तर ठूलाले भन्दा कम सार्छन्।

-धेरै बच्चालाई घरमै उपचार गर्न सकिन्छ। कोरोना छ भने पाँच वर्ष माथिका बच्चाले मास्क लगाउनपर्छ। त्योभन्दा तलकालाई जरूरी छैन। तर प्रयास भने गर्नुपर्छ।

– बच्चालाई बढी झोलिलो र तागतीले खाना खान दिनुपर्छ।

– जथाभावी एन्टिबायोटिक खान दिनु हुँदैन। सामान्य रुघाखोकीको हेरचाह गरेझैं गर्नुपर्छ।

-बालबालिकाको नियमित खोप लगाउन छुटाउनु हुँदैन।

– बच्चाहरूमा अहिले मानसिक तनाव बढिरहेको छ। त्यसैले उनीहरूसँग कुराकानी गरेर उनीहरूका समस्यालाई ध्यान दिनुपर्छ। अभिभावकले बच्चाहरूलाई समय दिनुपर्छ।

-आमा पोजेटिभ भए पनि अरु कुनै स्वास्थ्य समस्या छैन भने नवजात शिशुलाई स्तनपान गराउन छोड्नु हुँदैन।

भिडिओ कुराकानीको पूरा अंशका लागि यहाँ क्लिक गर्नुहोस् :

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस