‘सक्किगोनी’ मंसिर २५ गते देखी हिमालय टीभीको लगानीमा प्रशारण हुने !

    २४ कार्तिक २०७७, सोमबार १७:३२  मा प्रकाशित
613 जनाले पढ़िसके









नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’
‘सक्किगोनी’ आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिएका छन् ।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कँडेलले भने– ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्नेछ । कार्यक्रमको बजारीकरणका लागि एपप्याड प्रा.लि.लाई अनुबन्ध गरिएको टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले जानकारी दिनुभयो ।

साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खवर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । ‘दि भ्वाइस अफ नेपाल, डान्सिङ वीथ दि स्टार, हिमालय रोडिज’ लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण हिमालय टीभीले गरिरहेको छ । – अनलाइनखबर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस